सानुराज डंगोल: कला र संस्कृतिमा जीवन समर्पित एक निष्ठावान व्यक्तित्व

90

काठमाडौंको उत्तरतर्फ रमणीय टोखा नगरपालिका–३ मा जन्मिएका सानुराज डंगोल नेपाली कला र व्यवसाय क्षेत्रमा सक्रिय एक प्रतिबद्ध व्यक्ति हुन्। २०४१ सालको मंसिर ११ गते जन्मिएका डंगोल अहिले एक सफल व्यवसायी मात्र होइन, कला र संस्कृतिप्रतिको आफ्नो लगावमार्फत समाजमा सकारात्मक प्रभाव छोडिरहेका छन्।

सानुराजका पिता आशालाल डंगोल र माता सुकुमाया डंगोलको काखबाट हुर्किएर, उनी आज कला र व्यवसायलाई सँगै अघि बढाइरहेका छन्। हिन्दु धर्मालम्बी सानुराजको नेपाली नागरिकतासहितको परिचयमा– उनी विवाहित जीवनयात्रा निर्वाह गरिरहेका एक इमानदार, परिश्रमी र संस्कृतिप्रेमी व्यक्ति हुन्।

सानुराज डंगोलको जीवनयात्रा कलालाई व्यवसायिक धरातलमा ल्याउने प्रेरणादायी उदाहरण हो, जहाँ परम्परा र आधुनिकताको सन्तुलनले नयाँ दिशा देखाइरहेको छ।

रेखामा बोलेको समाज : डंगोलको कलात्मक यात्रा

टोखा नगरपालिका–३ का बासिन्दा मैले चित्रकलामार्फत समाजलाई व्यंग्य, चेतना र यथार्थ देखाउँदै आएको छु।
नेपाली कार्टुन र चित्रकलामा अलग पहिचान बनाएको छु। मैले सानै उमेरदेखि चित्रकलामा रुचि राख्थे। स्थानीय सरस्वती माविमा २०५८ सालमा एसएलसी पास गरे पछि कलाको माध्यमबाट समाजको यथार्थ देखाउने चाहना ममा झन् बलियो बन्दै गयो।
टाेखाको स्थानीय प्रकाशन उत्तरी दर्पण पत्रिकामार्फत २०६४/२०६५ सालमा कला र पत्रकारिता यात्रा सुरे गरे । त्यसपछि ‘नेपाली पोस्ट साप्ताहिक’मा २०६७ पनि कार्टूनिष्टको रूपमा काम गरे,
२०६५ सालमा ‘ नेपाल स्पोर्ट्स एन्ड लिजर ‘मा संवाददाताको रूपमा काम गरे साथै २०६८ मा ‘फेयर प्ले’साप्ताहिकमा संवाददाता भै काम गरेको अनुभव पनि छ।

नेपाल समाचार पत्रको सह प्रकाशन रहेको कामना मासिक पत्रिकामा गाइजात्रा विषेशांकमा कार्टुन प्रकाशित २०७२ देखि २०८१ सम्म निरन्तर प्रकाशन भैरहेको छ।

२०७४ सालको भदौ देखि २०८१ साल भदौसम्म नेपाली राष्ट्रिय दैनिक पत्रिका मध्यान्ह राष्ट्रिय दैनिकमा कार्टुनकारको रूपमा मैले काम गरेका कलाले जनभावनाको प्रतिनिधित्व गर्दै आएको छु। मेरो कलामा हास्य छ, आलोचना छ, र परिवर्तनको आह्वान पनि।

सक्रियता र संलग्नता

अध्यक्ष: टोखा छहरे मिडिया प्राली
प्रकाशक/ सह- संपादक – टाेखालाइभ डट कम/https://tokhalive.com
सचिव: टोखा कला पुच: र श्री इन्द्रायणी दापा खल: टोखा
सदस्य: प्रेस चौतारी काठमाडौं शाखा (२०७८)
कार्यसमिति सदस्य: कार्टुनिस्ट क्लब अफ नेपाल (CCN)

प्रदर्शनी,कार्यशाला र सहभागिता
नेपाल कार्टुनिष्ट क्लब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली क्यारिकेचर २०७४,२०७५,२०७६ ,२०७८ , २०७९ र २०८० प्रदर्शनीमा कला प्रदर्शनी गरेको ।

राष्ट्रिय ललितकला प्रदर्शनी

(National Art Exhibition)२०७६, २०७७, २०७८, २०८०,२०८१ र २०८२

कार्टुन वर्कशप २०८०

निशाना (भ्रस्टाचार विरुद्ध कार्टुन प्रदर्शनी )

मिडिया अनुसन्धान केन्द्र /Center for media for reserch Nepal र नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा
निशाना शिर्षकमा २०७९ भदौ २४ देखि २५ गते सम्म कार्टुन सन्देश सहित समाजमा रहेका विकृतीविसङ्गगति निशाना भ्रस्टाचार विरुद्ध कार्टुन प्रदर्शनी मार्फत समाजप्रति उत्तरदायी भुमिका निर्वाह गरेको।

सो निशाना कार्टुन प्रदर्शनी (२०७९ मा ७ वटै प्रदेशमा प्रदर्शनी गरिएको थियो )

रङ्ग पालिका ( कार्टुन तथा चित्र प्रदर्शनी )

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा रङ्ग पालिका शिर्षकमा २०७९ मंसिर २५ देखि २७ गते सम्म कार्टुन सन्देश सहित समाजमा रहेका विकृतीविसङ्गगति विरुद्ध कार्टुन प्रदर्शनीमार्फत समाजप्रति उत्तरदायी भुमिका निर्वाह गरेको।

ब्ल्याकबाेर्ड ( शैक्षिक कार्टुन प्रदर्शनी)

शिक्षाको लागि राष्ट्रिय अभियान NCE Nepal र नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा ब्ल्याकबाेर्ड
शिर्षकमा पुस ११ र १२ गते शिक्षा क्षेत्रका विकराल समस्यालाई कार्टुन सन्देश सहित समाजमा रहेका विकृतीविसङ्गगति विरुद्ध कार्टुन प्रदर्शनीमार्फत समाजप्रति उत्तरदायी भुमिका निर्वाह गरेको।

सडक यात्रा ( कार्टुन प्रदर्शनी )

राष्ट्रिय सुरक्षा परिषद र नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा
सडक यात्रा शिर्षकमा २०८० जेठ २ देखि ५ गते सम्म सडक सुरक्षा र यातायात क्षेत्रका विकृतीलाई कार्टुन सन्देश सहित समाजमा रहेका विसङ्गगति विरुद्ध कार्टुन प्रदर्शनीमार्फत समाजप्रति उत्तरदायी भुमिका निर्वाह गरेको।

सम्मान र पुरस्कारहरू
कला पत्रकारिता पुरस्कार २०७५ – टोखा सांस्कृतिक सम्पदा संरक्षण समाज

कार्टुनिस्ट अवार्ड २०७९ – ANFSU

राजेश मानन्धर कार्टुन पुरस्कार २०८० – नेपाल कमर्शियल आर्टिष्ट संघ (CAAN)

शिक्षा
हाल ललितकला क्याम्पसमा कला बिषयमा स्नातक अध्ययनरत

सक्रिय संलग्नता र नेतृत्व

सानुराज हाल ‘टोखा छहरे मिडिया प्राली’ का अध्यक्ष र ‘टोखा लाइभ डट कम’ का सह-सम्पादक हुन्। उनी टोखा कला पुच: र श्री इन्द्रायणी दापा खल: का सचिव, प्रेस चौतारी काठमाडौं शाखाका सदस्य, तथा कार्टुनिस्ट क्लब अफ नेपाल (CCN) का कार्यसमिति सदस्यसमेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here