ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग

57

वासिंगटन डीसी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग लागेको छ।

अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप र उक्त अभियोगमा उनलाई पक्राउ गर्न सकिने बीबीसीले जनाएको छ।

ट्रम्प विरुद्ध कानुन उल्लंघन गरेको, गलत अभिव्यक्ति दिएको लगायत ७ वटा आरोप प्रारम्भिक रुपमा अनुसन्धान गर्नुपर्ने देखिएको छ। गोप्य दस्तावेज आफैंसँग राखेको घटनामा पहिलो पटक पूर्वराष्ट्रपति विवादमा तानिएका हुन्।

ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरिरहँदा यस्तो घटना सार्वजनिक भएको हो। आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको टिप्पणी गरेका छन्।

उनले यो  अमेरिकाको कालो दिन जस्तै भएको उल्लेख गरेका छन्। उनले अमेरिका फेरि एक पटक तल गइरहेको र आफूले मिलेर अमेरिकालाई महान बनाउने दाबी गरेका छन्। यो प्रकरणमा मंगलबार मियामीको संघीय अदालतमा पेस हुनका लागि निर्देशन जारी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here