सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी

69

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्द ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

केही महिना पहिले हङकङबाट काठमाडौं ल्याएको बेला बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा ‘डिफ्युजन नोटिस’ जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

‘डिफ्युजन नोटिस’ जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा त्यो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया शुरु गर्छन् ।

अमला तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको सीआईबीको अनुसन्धानको निष्कर्ष छ । काठमाडौंको ठमेलमा रहेको होटेल ‘भियना’ अमलाको नाममा दर्ता रहेको पाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here