महिला साफ च्याम्पियनसिपमा नेपालले खेल भुटानसँग खेल्ने

24

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात हुने भएकाे छ ।

कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते खेल्ने खएकाे छ । साे उद्घाटन खेल  कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच हुने भएकाे छ ।

समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।

नेपालमा लगातार तेस्रो पटक पटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । दशरथ रंगशालामा साफ च्याम्पियनसिपको छैटौं संस्करण आयोजना भएको दुई वर्षपछि पुनः सोही मैदानमा सातौं संस्करण आयोजना हुने तय भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीवार सम्पन्न बैठकले कात्तिक १ देखि १४ गते सम्म साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ । नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको लगातार तेस्रो पटक हो । नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा साफको पाँचौं संस्करण आयोजना भएको थियो ।

साउद एसियन फुटबल फेडेरेसन (साफ) ले सन् २०१० बाट सुरु भएको दक्षिण एसियाली राष्ट्रहरू मध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन ।  यसअघिका ६ मध्ये ५ पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो ।

२०१६ को चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो । पछिल्लो पटक काठमाडौंमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । २०२२ मा बंगलादेशले पहिलो पटक च्याम्पियन बन्ने क्रममा नेपाललाई हराएको थियो ।

साफ च्याम्पियनसिपमा नेपालको खेल  कात्तिक २ गते विरुद्ध भुटान, कात्तिक ५ गते विरुद्ध माल्दिस्स, कात्तिक ८ गते विरुद्ध श्रीलंका हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here