वर्ल्डलिंकको नयाँ योजना, हरेक टिभीमा युट्युब

246

काठमाडौं / वर्ल्डलिंक कम्युनिकेशनले अब हरेक टिभीमा युट्यब नामक नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभी प्रयोगकर्ताले अब टिभी मार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपूर फाइदा लिन सकिने छ ।

यो सुविधा स्मार्ट टिभीमा मात्र नभई नन स्मार्ट वा सि आर टि टिभीमा पनि उपलब्ध छ । हाल नेटटिभीले आफ्ना ग्राहकका लागि ८० भन्दा बढी एच डी च्यानलसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ । नेटटिभी प्रयोगकर्ताले नियमित टिभी च्यानल कन्टेन्टमात्र नभई आपूmलाई मनपर्ने कन्टेन्टहरु कुनै झन्झट बिनानै युट्युबमार्फत हेर्न सकिने छ । यसका अलावा नेटटिभीले मोबाइल फोनमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने भएको छ । यो अफर नेपालभर रहेका वर्ल्डलिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । पुराना प्रयोगकर्ताले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेटटिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्डलिंकको शाखामा गएर प्रिमियम सेवाको सुविधा लिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here