प्रधानमन्त्री ओलीले दिए, बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनलाई बधाई

182

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन्।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिएका हुन्।

‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ मबजुद बनाउन तपाईंसँग काम गर्न चाहन्छु।’

यसअघि गत मंगलबार जोन्सनले बेलायतको कन्जरभेटिभ पार्टीका नेता चुनिएका थिए। उनले बुधबार बेलायतको प्रधानमन्त्रीको सपथ लिनु भयो । सम्झौता (डिल) भए पनि नभए पनि बेलायतलाई अक्टोबर ३१ सम्म युरोपियन युनियनबाट अलग गर्ने वाचा गरेर जोन्सन प्रधानमन्त्री बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here