सिमकोट विमानस्थल भित्र उम्रेको गाँजा नष्ट

217

हुम्ला / हुम्लाको सिमकोटस्थित विमानस्थल क्षेत्रमा उम्रेका गाँजा प्रहरीले नष्ट गरेको छ । गाँजाले विमानस्थल क्षेत्रलाई ढाक्ने देखिएको र बिरुवा हुर्किएमा अवैध प्रयोग हुन सक्ने भएकाले नष्ट गरिएको प्रहरीले जनाएको छ । बर्सेनि यो समयमा विमानस्थलको उत्तर तथा दक्षिणको क्षेत्रमा गाँजा उम्रिने गरेकाले यसपटक बिरुवा नै उखेलिएको प्रहरीले जनाएको छ । सामुदायिक प्रहरीको नेतृत्वमा झण्डै २० हजार गाँजाका बिरुवा उखेलेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here