काठमाडौं / दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, बंगलादेश, थाइल्यान्ड ‘हेपटाइटिस बी’ नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएका छन् ।
‘हेपटाइटिस बी’ पाँच वर्षको बच्चाहरुमध्ये करिब एक प्रतिशतमा घातक रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओ.ले घोषणा गरेको छ । ‘हेपटाइटिस बी खोप’ सबै ठाउँमा प्रत्येक समय हरेक बच्चासम्म पुर्याउने दृढ संकल्प लिएमा यस्ता सफलता प्राप्त गर्न सकिने डब्लूएचद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यो सफलता ती देशहरुले जनताको स्वास्थ्यका लागि गरेको प्रतिवद्धता, स्वास्थ्य कर्मचारी र समुदायले बालबालिकको भलाइका लागि गरेको प्रयासको परिणाम हो’, दक्षीणपूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।
हेपेटाइटिस बी नियन्त्रणको प्रमाणीकरणका लागि बनेको विशेषज्ञ टोलिले दक्षिपूर्वी एशिया क्षेत्रमा गरेको समिक्षाअनुसार यी देश वर्षौ अघिदेखि नवजात शिशूलाई ९० प्रतिशतसम्म खोप वितरण गर्न सफल छन् । यी चार देशमा पाँच वर्षका बालबालिकाहरुबीच गरिएको अध्ययनमा ‘हेपटाइटिस बी’ एक प्रतिशत भन्दा कम देखिएको थियो । शिशुमा ‘हेपटाइसिट बी’ संक्रमण पर्याप्त मात्रामा रोक्नसके वयष्कमा हुनसक्ने क्यान्सर र सिरोसिस जस्ता रोगसमेत कम हुने डब्लूएचओद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
विज्ञप्तिअनुसार २०२० सम्ममा ‘हेपटाइटीस बी’ नियन्त्रण गर्ने लक्ष्य लिइएकोमा यो एउटा ठूलो उपलब्धि हो । डब्लूएचओका दक्षिणपूर्वी एसियाका क्षेत्रीय एम्बासाडोर अमिताभ बच्चनले ‘हेपटाइटीस बी’ नियन्त्रणका लागि आवश्यक काम गर्न साथ दिने बताएको क्षेत्रीय निर्देशक सिंहले भनिन् । ‘हेपटाइटिस बी’ नियन्त्रणका उपलब्धि यसवर्षको हेपटाइटिस डे भन्दा अगाडि नै प्राप्त हुुने विश्वास लिइएको छ । यस वर्ष हेपटाइटिस बी हटाउनमा केन्द्रीत हुने जारी विज्ञप्तिमा उल्लेख छ । ‘हेपटाइटिस बी सजिलै नियन्त्रण हुने र उपचार समेत हुने हुँदा दक्षीणपूर्वी एसियका अन्य देशले पनि यस रोगसम्बन्धी जनचेतना व्यापक रुपमा फैलाउन आवश्यक छ’, डा। निर्देशक सिंहले बताइन् ।

















