कपिलवस्तु / मायादेवी गाउँपालिका-४ चाकरचौडास्थित पिपराबाट १० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने (नम्बर एउटै भएको) नेपाली ५ सय दरका नोट ८८ थान ९४४ हजार० रुपैँया सहित बस चालक सोही ठाउँ बरकुल बस्ने २६ वर्षीय देउकीनन्दन कसौधनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
चाकरचौडातर्फ आउँदै गरेको लु.१ क १५५४ नम्बरको पिस ग्लोबल इङ्लिश बोर्डिङ स्कूलको बसलाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको टुलबक्समा उक्त सामानहरु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















