शोभाको काव्यकृति ‘आमा ! मेरी आमा’ लोकार्पण

376

काठमाडौं / नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा १ मेरी आमा’ को लोकार्पण भएको छ । नेपाली समाजमा वृद्ध माता–पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । अचेल वृद्ध माता–पिताले वृद्धाश्रमको एकान्तमा जीवन निर्वाह गर्नु बाध्यता भइरहेको छ । यस्तो अवस्थामा स्वर्गीय शोभा तिवारी निश्चय पनि शौभाग्यशाली थिइन् भन्नुमा दुईमत हुन सक्दैन । उनका दुई छोरी ऋचा शर्मा तिवारी र स्मृति थपलिया एवम् छोरा बुहारीले उनको स्मृतिमा ‘शोभा–अर्जुन संगीत कोष’ गठन गरी मातापिताप्रति साँचो श्रद्धाञ्जली व्यक्त गरेका
छन् ।

यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलित गरी काव्यकृति ‘आमा १ मेरी आमा’ प्रकाशमा ल्याएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच संस्कृतिविद् डा. तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।

कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली, इन्जिनियर किशोर थापा र डा।तुलसी दिवसले स्वर्गीय शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए । साथै ललित कला क्याम्पसका दुई जना विद्यार्थीलाई संगीत कोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here