सोनीले मोबाइलभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण

78

एजेन्सी / जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीेले मोबाइल फोनभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण गरेको छ ।

उक्त मिनि एयर कन्डिसनर टिसर्टमै फिट हुने जनाइएको छ । यसको नाम ‘रियोन पकेट’ राख्यो । यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ। यसलाई ब्लुतुथमार्फत् स्मार्टफोनसँग जोड्न सकिने जनाइएको छ। सोनीका अनुसार दुईघन्टा चार्जगर्दा यो ९० संचालनमा आउनेछ ।

यस एसी किन्दा सोनीले विशेष टिसर्टसमेत दिनेछ। सोही टिसर्टमा एसी राख्न मिल्छ। टिसर्टसहित यसको मूल्य १८ हजार ८० यन तोकिएको छ। एसीमात्र चाँही ९ हजार यनमा यसलाई खरिद गर्न सकिनेछ। यस एसीले गर्मीमा हिँड्न मदत गर्नेछ। पसीना आउन नदिने जनाइएको छ।

विश्वमा जलवायु परिवर्तनले तापक्रम बढ्दो छ। तापक्रम र बढ्दो गर्मीमा यसले मानिसलाई सुविधा दिने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here