यतीको पाँचौ एटीआर विमान काठमाडौंमा

106

काठमाडौं – यती एअरलाइन्सले पाचौं एटीआर बिमान काठमाडौं भित्र्याएको छ । आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा शनिबार पाचौं एटीआर–७२–५०० बिमान भित्र्याएको हो ।

थाइल्यान्डको राजधानी बैंङ्ककबाट शनिबार दिउँसो विमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

उत्पादन क्रम संख्या एमएसएन–७४० रहेको विमानलाई नेपाली कल साइन ९–एन–एएनजी रहेको छ ।

भिजिट नेपाल–२०–२० मा २० लाख पर्यटक भित्राउने सरकारको उद्देश्यमा सहयोग पुग्ने विश्वास यती एअरलाइन्सले लिएको छ ।

एटीआर–७२–५०० फ्रान्सेली–इटालियन कम्पनी कंसोर्टियम एटीआर द्धारा निर्मित ट्वीनइन्जिन टर्बोप्रोप विमान हो । एटीआर–७२ विश्वमै सवैभन्दा सफल क्षेत्रिय क्यारियर बनेको छ ।

यती एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुआत गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here