नेकपाको दृष्टिमा कुन पार्टी कस्तो ?

217

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ ।

सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिई छपाइकार्य पनि सम्पन्न गरेको छ तर वितरणमा भने ल्याइएको छैन ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दस्तावेज छाप्ने काम सकिएको जनाउँदै अबको एक–दुई सातापछि नेता तथा कार्यकर्ताको हातमा जाने जनाए ।

नेकपाले काँग्रेसलाई आत्मसमर्पणवादी पार्टी भनको छ ।

यस्तै समाजवादी पार्टी ढुलमूले, राप्रपा अतिवादको पृष्ठपोषक, साना कम्युनिस्टहरुलाई जडसूत्रवादीको संज्ञा दिइएको छ ।

केन्द्रीय कमिटीको बाँडफाँट सकिएपछि मात्र सो दस्तावेज वितरण गरिने हुँदा अहिले त्यसलाई सुरक्षित रूपमा राखिएको छ । नेकपा स्रोतका अनुसार सो दस्तावेज २० हजारप्रति छापिएको छ । कार्यविभाजन नभएसम्म सो दस्तावेज कसैलाई बाँडिने छैन । गोरखापत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here