चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नु भएको छ ।
आइतबार अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो ।
रास्वपाले पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्न लागेको हो । प्रधानमन्त्री शाह पार्टीको वरिष्ठ नेता हुनुहुन्छ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतासँगै रास्वपाका करिब पाँच हजार प्रतिनिधि सहभागी हुँदैछन् ।














