राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा गर्नै पर्छ: प्रहरी नायव पोखरेल

192

काठमाडौं / राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट भएकाले राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा हुनु अपरिहार्य भएकाले त्यसको लागी प्रहरी संगै स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जनाउनुभयाे ।

सामुदाय-प्रहरी पालिका समिति, चन्द्रागिरिले मंगलबार ग्रिनल्याण्ड बैंक्कट थानकोट चेकपोष्टमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुदै सो कुरा उहाले बताउनु भएको हो ।

अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भुमीका महत्वपुर्ण रहेको बताउदै जनता संगको सहकार्य विना समाजमा शान्ती सुरक्षा र अमनचयन कायम गराउन सम्भव नहुने जनाउनुभयाे ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि पोखरेलले नेपाल सरकारले अंगिकार गरेको ‘समृद्ध नेपाल सुखी नेपालीको” लक्ष्य पुरा गर्ने कार्य सबैको सहयोग र सहकार्यले मात्र पुरा गर्न सकिने भन्दै समाज परिवर्तन गर्न वा सुधार गर्न आफैबाट सुरू गर्नु पर्ने ,आफु सुधार भए मात्र समाज र राष्ट्रलाई सुधार वा परिवर्तन गर्न सकिने जनाउनुभयाे ।

आफ्ना आफन्तबाटनै धेरै घटनाहरू घटेको स्मरण गराउदै सुरक्षित समाज निर्माणको लागी सवैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरिकहरूसंग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नु भयो । प्रविधिको विकास संगै अपराधको प्रविधिमा परिवर्तन हुनु अहिलेको लागी सबैभन्दा ठुलो चुनौतीको रूपमा रहे पनी प्रहरी सदैव सजग र सचेत रहदै प्रहरी त्यस्ता प्रत्येक कार्यको समेत सुक्ष्म निग्रानी गरिरहेको जनाउनुभयाे ।

सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, लपारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने जनाउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here