खोकनाबासीको अनौठो शैलीको विरोध प्रर्दशन

372

ललितपुर / खोकनाबासीले आज बिहान  ‘भूमिहीन भयौ’ भन्दै मोसो दलेर अनाैठाे शैलीमा  विरोध गरेका छन्।

खोकनाकाे वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन हुने भन्दै विरोध जनाएका हुन्।

अरु तरिकाले विरोध गर्दा सरोकारवालाले नसुनेपछि आफ्नै मुखमा मोसो दलेर विरोध गर्नुपरेको स्थानीयले जनाएका छन्।

‘हामीले विरोधका धेरै कार्यक्रमहरू गरेर पनि सुनुवाइ भएन, ‘अभियान्ता राजाराम तन्डुकारले भने, ‘राज्य संस्थाले हाम्रो संस्कृतिमाथि मोसो दलेकोले आफ्नै मुखमा दल्न बाध्य भएका हौं।’

ठूला आयोजनाले आफ्नो भूमिसँगै संस्कृतिमा समेत असर पर्ने भन्दै खोकनावासी र अभियान्ताहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।

‘विकास जनताका लागि हो कि विकासका लागि जनता हो भन्ने कुरा बुझाउन यो कार्यक्रम गरेका हौं,’ तन्डुकारले भने।

आगामी शनिबार पनि यस्तै कार्यक्रम इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्न लागेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here