काठमाडौं / उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने बम बहादुर केप्छाकी मगरको घरमा सोलारको ब्याट्री सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, अन्तपात, भाँडावर्तन र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-४ छोडकी तौलिहवास्थित देवेन्द्र कसौधनको किराना पसलको गोदाममा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा विभिन्न सामानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















