विश्व नम्बर एक नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा पुगेको छ । मेलबर्नमा भएको प्रिक्वाटरफाइनलमा रसियन खेलाडी डानिल मेडभेडेवलाई पराजित गर्दै जोकोभिक क्वाटरफाइनलमा पुगेको थियो । १५ औ वरियताका मेडभेडेवलाई पराजित गर्न जोकोभिकलाई निकै सकस परेको थियो । ६ पटकको च्याम्पियन सर्बियन जोकोभिकले मेडभेडेवलाई ६–४, ६–७ ९५–६०, ६–२ र ६–३ को सेटमा पराजित गरे । सन् २०१६ पछि पहिलो पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका जोकोभिकले अब सेमिफाइनल प्रवेशका लागि जापानका केइ निशिकोरीसँग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, महिलातर्फ अमेरिकी सेरेना विलियम्सले पनि क्वारटफाइनलमा प्रवेश गरेकी छिन् । प्रिक्वारटफाइनलमा विश्व नम्बर एक सिमोना हालेपलाई ६–१, ४–६ र ६–४ को सेटमा पराजित गर्न सफल भइन् ।

















