काठमाडौं / काठमाडौंको गोंगबुस्थित एक होटलमा प्रहरीले गोलि चलाएको छ ।
शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले होटेलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर गोली हानेको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले जनाइएको छ ।
डीएसपी बोगटीका अनुसार गएरातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आएको आधारमा मंगलबार साँझ प्रहरी टोली त्यहाँ पुग्दा पेस्तोल देखाएपछि गोली चलाउनु परेको सञ्चार माध्यमलाई जनाए ।
















