काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैतडीमा नयाँ शाखा कार्यालय बिस्तार गरेको छ ।
पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दबाट उद्घाटन भयो ।
उक्त क्रार्यक्रममा बैतडी जिल्लाका पूर्व उप–सभापतिहरु, दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापा तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।


















