वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न

166
????????????????????????????????????
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । 

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने धारणा राखे ।

विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राखेको जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here