छिमेकीलाई चिढाउन घरको भित्तामा यस्तो इमोजी

194
एजेन्सी / छिमेकीसँगको रिस फेर्नका लागि मान्छेले कहिलेकाहीँ निकै अनौठो कार्य गर्दाे रहेछ ।  अमेरिकाको क्यालिफोर्नियामा एकजना मानिसले छिमेकीलाई चिढाउने गरी आफ्नो घरको भित्तामा इमोजी बनाएको घटना अहिले चर्चामा छ । घरको भित्तामा ठूलो आकारको स्माइली इमोजी बनाएपछि छिमेकीसँग उनको विवाद फसेको हो ।

तनावको माहोलमा पनि छिमेकीहरु खुसी रहन सकून् भनेर आफुले घरको भित्तामा रङ्गी विरङ्गी बनाएको क्याथरिन कीड नामकी ती महिलाको दाबी छ । आफ्नो छिमेकी सधैं थकित तथा पीडामा रहने र अरुसँग बारम्बार झगडासमेत गर्ने गरेकोले छिमेकीलाई खुशी पार्न आफूले घरको भित्तामा इमोजी बनाएको उनको भनाइ थियो । आफ्नो घरको भित्तामा रहेका स्माइली देखेर छिमेकी खुशी हुनेछन् भन्ने उनको अनुमान थियो । तर उनको अनुमान गलत सावित भयो । छिमेकी त खुशी हुनुको साटो झनै रिसाए ।

छिमेकीका अनुसार क्थारिनले छिमेकीलाई खुशी पार्नका लागि नभै चिढाउनका लागि घरका भित्तामा इमोजी बनाएकी हुन् ।

उनले बनाएका इमोजीमध्ये एउटामा मुखमा लगाम लगाइएको थियो भने अर्कोचाहिँ मजाक उडाइएको इमोजी थियो । दुवै इमोजीमार्फत उनले आफ्ना छिमेकीलाई खिसीट्युरी गरेको र चुप रहन निर्देशन दिएको रुपमा बुझियो, जसका कारण छिमेकीहरु झनै रिसाए ।

क्याथरिनकी एकजना छिमेकी सुसेनका अनुसार भित्तामा पोतिएका इमोजी हेर्न नसकेर उनले आफ्नो घरको पर्दासमेत उघार्न छाडेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here