स्कुल विभागको नेतृत्व नेता नारायणकाजी श्रेष्ठलाई

293

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्व पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने तयारी भएको छ। ओली पक्षधरले ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिनुपर्ने अडान राख्दै आएको थियो ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले सञ्चारमाध्यमलाई जनाए अनुसार भोलि बस्ने सचिवालय बैठकले नेता श्रेष्ठलाई उक्त विभागको नेतृत्वको जिम्मेवारी दिनेछ ।

हिजोमात्रै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायकाजी श्रेष्ठको गोप्य बैठक बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here