काठमाडौं – विप्लव नेतृत्वको (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध बन््द सहित चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । १५ गते बन्द घाेेेषणा गरिएकाे छ ।
संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकार्वाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनक्पुरभित्र जिल्लाहरु बन्दको घोषणा गरिएको छ । जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ ।
सो पार्टीका उपत्यका इन्चार्ज समेत रहेका माइला लामालाई गत साउन ४ गते काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो । बिज्ञप्ति-


















