काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।


















