काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बिहान ९ बजे पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यसमितिको गत असारमा बसेको बैठकले घोषणा गरेको ‘२०७६ लाई संगठन निर्माण वर्ष’ विस्तृत कार्ययोजना तयार गर्न बैठक बस्न लागेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षाका साथै सांगठनिक अवस्थाको बारेमा पनि छलफल हुने बर्तौलाले जानकारी दिए ।


















