सिटिजन्सको बचत खाता’ मा ५ लाखसम्मको बिमा सुविधा पाउने

74

काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाताको शुभारम्भ गरेको छ ।

रु ५,००० मा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्त गर्न सक्ने जानकारी गराईन्छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बिमा (अस्पतालभर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।

साथै, शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५०% ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति रू २५ हजारको स्वास्थ्य बिमा अस्पतालभर्ना खर्च) र रू ३ लाख सम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिसा डेविट कार्ड निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ्ग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, नेपाल भरीका जुन सुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here