डब्लुएफपीद्वारा नेपालमा गम्भीर मानवीय सङ्कट आउने चेतावनी

164

काठमाडौँ, २७ मङ्सिर –संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले नेपालको आपूर्ति अवरोध निरन्तर भइरहे गम्भीर मानवीय संकट आउने चेतावनी दिउको छ । डब्लुएफपीले भारतीय भारततर्फबाट भइरहेको अवरोध निरन्तर भएमा गम्भीर मानवीय सङ्कट आउनसक्नेतर्फ सचेत गराएको हो । डब्लुएफपीले शनिबार एक विज्ञप्ती प्रकाशित गरी सीमा लगातार तीन महिनादेखि सीमा नाकाको अवरोधले नेपालमा आपूर्तिमा कमी आइरहेको र खाद्यवस्तुको मूल्यवृद्धि जारीरहेका यस्तै अवस्था जारी रहे गम्भीर मानवीय सङ्कटबाट जोगिन कठिन हुने जनाएको छ ।

विज्ञप्तीमा मूल्यवृद्धिको सामना गर्दै मानिस आफ्ना परिवारलाई खाना खुवाउन प्रयासरत भएपनि भूकम्पपछिको अवस्थामा अभावको सामना गर्न नसक्दा कुपोषण बढ्न सक्ने सम्भावनालाई औल्याइएको छ ।

विज्ञप्तिमा हाल नेपालमा पेट्रोलियम पदार्थको मूल्य महँगिएर आकाश छोएको, खाना पकाउने ग्यासको मुल्य पनि निकै महंगो भएका कारण आम मानिसहरुको जीवन कष्टपूर्ण बन्दै गएको उल्लेख गरिएको छ । विज्ञप्तीमा सबै पक्षलाई खाद्यान्नको आयातमा अवरोध नगर्न आग्रह गरिएको छ । साथै दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्ने र उनका परिवारलाई यो दीर्घकालीन राजनीतिक आन्दोलनको बोझ सामना गर्ने शक्ति नरहेको समेत उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here