पेट्रोलियम पदार्थ ठगिमा सघाउने नापतौलका पुर्व महानिर्देशक र निगम थानकोटका प्रमुख पक्राउ

248

काठमाडौ, २८ मंसिर– महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलिम पदार्थमा ठगि गर्न सघाउने नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देश रामआधार साह तथा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई आइतबार पक्राउ गरेको छ । विभागका पूर्व महानिर्देशक साहलाई गौशालामा लुकेर बसेको अवस्थामा फत्राउ गरेको तथा शर्मालाई थानकोट डिपोबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । साहले नाप तौल विभागको महानिर्देशक हुदाँदेखि नै उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गरेर ठगि गर्न सघाउका लागि भारतको विहारबाट मिस्त्रि बोलाएर उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गर्न लगाउने गरेको र शर्माले पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्तालाई ठगी गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पेट्रलियम पदार्थ ठगिको आरोपमा नियन्त्रणमा लिएका व्यापारिहरुको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here