विशिष्टहरुलाई मुलुकले धान्न नसक्ने सेवा सुविधा नदिन आग्रह

243

काठमाडौँ, २८ काठमाडौ, २८ मङ्सिर– ट्रान्सपरेन्सी इन्टरनेसनलले विशिष्टहरुलाई मुलुकले धान्न नसक्ने गरी आजीवन सुविधान नदिन आग्रह गरेको छ । इन्टरनेशनलले मन्त्रिपरिषद्को कार्यालयले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई आजीवन सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो ।

उक्त सस्थाले एक विज्ञप्ति प्रकाशित गरी वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि आएका परकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको, धेरै व्यक्ति घाइते भएको र ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुन पुगेको उल्लेख गर्दै यसको व्यवस्थापन गर्न नसकिरहेको र पीडितहरु कष्टका साथ खुला आकाशमुनि जाडोको सामना गरिरहेको र नाकाबन्दीले मुलुको अवस्था जटिल बनिरहेका बेला पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि ठूलो रकमको सुविधा दिने भन्ने समाचारले नाकाबन्दी, विनाशकारी भूकम्प आदिको प्रकोपबाट थिलथिलो अर्थव्यवस्था र पीडित नेपालीलाई थप मानसिक तनाव सिर्जना गर्ने जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल यस्ता विषयमा गम्भीर हुन र राष्ट्रिय हितलाई सङ्कीण स्वार्थभन्दा माथि राखी अहिले प्रस्ताव गरिएको राष्ट्रले धान्नै नसक्ने सेवा सुविधासम्बन्धी निर्णय लिने कार्य स्थगन गर्न सरसकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here