२० लाखको लागतमा शनिदेवको मन्दिर निर्माण

27

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ भक्सीपुरमा २० लाखको लागतमा निर्माण शनिदेवको उदघाटन आज एक कार्यक्रम वीच गरिएको छ।

पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित शनिदेव मन्दिरको समुद्घघाटन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताको अध्यक्षता तथा पूर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननिय ध्रुवबहादुर प्रधानको प्रमुख अतिथ्यतामा सम्पन भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले “धर्म,आस्था, विश्वास र सामाजिक सदभाव कायमका लागि हामीले आफ्नो तहबाट लगानी गर्नु पर्ने बताए। उनले भने यस मन्दिरले सम्पूर्ण जनसमुदायको दुःख पीडा अन्त्य गरी सधैं खुसी माहोल भगवानले सिर्जना गर्ने विश्वास व्यक्त गरे।

गत आर्थिक वर्षमा पाल्हीनन्दन गाउँपालिका संग सम्झौत गरी अशोक कन्ट्रक्सनद्वारा २० लाख बजेटको लागतमा यस मन्दिरको निर्माण गरिएको छ।

शनि ग्रहको बारेमा पुराणहरूमा धेरै कथाहरू पाइन्छ। शनिदेवलाई सूर्यदेवका जेठा पुत्र र कर्मदाता मानिन्छ। तर यसका साथसाथै पितृ शत्रु ग्रह शनि ग्रहको बारेमा धेरै भ्रमहरू छन् र त्यसैले यसलाई घातक, अशुभ र दुःखको कारण मानिन्छ। पश्चिमा ज्योतिषीहरूले पनि यसलाई दु:ख दिने मान्छन्। तर शनि ग्रहलाई जति अशुभ र घातक मानिन्छ त्यति छैन । त्यसैले उहाँ शत्रु होइन मित्र हुनुहुन्छ । शनि एकमात्र ग्रह हो जसले मोक्ष दिन सक्छ। शनिले प्रकृतिमा सन्तुलन सिर्जना गर्दछ, र प्रत्येक जीवित प्राणीलाई उचित न्याय गर्दछ। शनिले अनुचित असमानता र अप्राकृतिक समानतालाई आश्रय दिने मानिसहरूलाई मात्र सजाय दिन्छ। अनुराधा नक्षत्रको स्वामी शनि हो भने विश्वास गरिन्छ।

कार्यक्रम बिशिष्ट अतिथिको रूपमा जि.स.स. प्रमुख भगवती प्रसाद यादव, गाउँपालिका उपाध्यक्ष फातुमा ख़ातून अंसारी(सकिना), वार्ड नं ०२ अध्यक्ष जगदीश प्रसाद गुप्ता, वार्ड नं ०५ अध्यक्ष दयाशंकर त्रिपाठी, ६ नं अध्यक्ष कृष्णचन्द्र यादव लगायत कार्यपालिका सदस्य, वार्ड सदस्य अध्यक्ष,कर्मचारी एवं जनसमुदायको उपस्थिति रहेको थियो। रञ्जीत शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here