भैँसीको मासु र सुन्तला चीनमा निर्यात प्रक्रिया पूरा गर्ने : कृषि मन्त्री अधिकारी

48

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले भैसीको मासु र सुन्तला चिनमा निर्यातको लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने अन्तिम चरणमा पुगेको जनाएका छन्।

बिहीबार चीनका राजदूत चेन सोङसँगको भेटघाटका क्रममा कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यन्वयन गर्ने दुबै पक्षबाट प्रतिवद्धता ब्यक्त भएकोसमेत जनाए।

‘बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नेपालका लागि जनवादी गणतन्त्र चिनका राजदुत महामहिम चेन सोङ्गको तर्फबाट शिष्टाचार भेटघाट भएको छ। मन्त्रालयमा बिहिबार भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामिण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यन्वयन गर्ने दुबै पक्षबाट प्रतिवद्धता ब्यक्त भएको छ,’ उनले भने।

नेपालको कृषि तथा पशुपन्छीजन्य उत्पादनहरु चिनमा निर्यात गर्न शुरूवात भएको उनको भनाई छ। हाल हेलेज र औषधीजन्य जडीबुटीहरु निर्यात सुरु भएको छ र थर्मल प्रशोधित भैसीको मासु र सुन्तला चिनमा निर्यात गर्नको लागि कानूनी प्रक्रियाहरु पुरा गर्ने अन्तिम चरणमा रहेको छ। यसलाई बढाउँदै लैजानको लागि दुवै पक्षबाट आवश्यक थप सहकार्य गर्न तत्पर रहेको विषयमा छलफल भएको उनले जनाए।

‘चीनबाट नेपालको कृषि विकासका लागि पु¥याउदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यन्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘उन्नत बिउ उत्पादन र प्रबिधि हस्तान्तरणमा पनि सहयोग गर्ने बारेमा छलफल भएको छ ।आजको भेटले दुई देशबीचको कृषि क्षेत्रको विकासमा सहयोग र सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने विश्वास लिएको छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here