ओली–प्रचण्डको नेकपा ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टी ! -डा. भट्टराई

256

काठमाडौं / समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति  कडा कटाक्ष गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीको संज्ञा दिएका हुन्। उनले नेकपालाई ’डबल’ को संज्ञा दिँदै सर्वसहारा पार्टी भन्नै नसकिने तर्क गरेका छन् ।

’नेकपा डबलले आफूलाई ‘सर्वहारा श्रमिकवर्गको पार्टी’ भन्नु जुन गोरूको सिंग छैन उसको नाउँ तीखे भनेजस्तै हो’, बाबुरामले भनेका छन्, ’बरू उसले आफुलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्नुपर्थ्यो १’ बाबुरामले नेकपालाई ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टीको पनि संज्ञा दिएका छन् ।

’नेकपा ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ट धन्धा गर्ने पार्टी हो’, उनले भनेका छन्, ’राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने ’क्रोनी’ पूँजीवादी पार्टी हो ।’ नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा आफूलाई कम्युनिष्ट पार्टीका रुपमा चित्रित गर्दै सर्वाहारको एक मात्रै पार्टी भनेको सन्दर्भमा बाबुरामले कटाक्ष गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here