अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी पक्राउ

213

काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बुढानिलकण्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाएको छ ।

विप्लव नेकपाले भोलि आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटिलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी पूर्व सभाषद समेत हुन् ।

यसअघि साउन ४ गते गिरफ्तार परेका नेकपा उपत्यका व्युरो इन्चार्ज माइला लामाको रिहाईको माग गर्दै नेकपाले भोली बन्द आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here