मोहन वैद्य‘किरण’को ‘संशोधनवाद र पश्चगमन’ बजारमा

996

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’को अर्को पुस्तक ‘संशोधनवाद र पश्चगमन’ बजारमा आएको छ । पूर्व एमाले तथा माकेको सैद्धान्तिक तथा राजनीतिक चिरफारमा आधारित यो पुस्तकलाई विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको हो ।

‘नेपालमा माक्र्सवाद र संशोधनवादका बीच संघर्षबारे संक्षिप्त अवलोकन’ शीर्षकमा प्रस्तावना लेखिएको पुस्तकमा ‘माकेको एमालेमा विलय : एक पश्चगामी छलाङ’, ‘माले समूहद्वारा सिद्धान्त र क्रान्तिप्रति गम्भीर विश्वासघात’, एमाले गुटको प्रतिक्रियावादमा पतन : एक सामान्य शल्यक्रिया’, ‘एमाओवादी नेतृत्वको पश्चगमाी यात्रा’ र दक्षिणपन्थी नवसंशोधनवादका विरुद्ध विचारधारात्मक संघर्षको महत्व’ गरी ६ वटा शीर्षकमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद, नवसंशोधनवाद तथा दक्षिणपन्थी अवसरवादको सघन रुपमा चिरफार गरिएको छ ।

१६० पृष्ठ लामो पुस्तकको मूल्य २०० सय रुपैयाँ राखिएको छ । यो पुस्तकमा पूर्व नेकपा माले हुँदै बनेको एमाले तथा पूर्व एनेकपा माओवादी हुँदै बनेको माके र उनीहरुका बीच गरिएको एकीकरणसित जोडिएका विचारधारात्मक तथा राजनीतिक विषयको सैद्धान्तिक आलोचना र विरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here