नुवाकोटको वडा कार्यालयमा बम विस्फोट

151

 काठमाडौं /  नुवाकोटस्थित एक वडा कार्यालयमा बम विस्फोट भएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका हुन् ।

विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट भएका छन् । बम विस्फोटमा विप्लव नेकपाको संलग्न रहेको अनुमान गरिए पनि यो पार्टीले अहिलेसम्म यसको जिम्मा लिएको छैन ।

यसबारे प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसै गरी रौतहटको चन्दपुर नगरपालिकास्थित गैंडाटारमा रहेको वडा कार्यालयमा मङ्गलवार मध्यरात अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट कार्यालयमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here