एजेन्सी / संसारमा अनौठो रुख पनि हुने रहेछ जसलाई छुने वितिकै काउकुती लाग्छ सायद यो कुरा सुनेर विश्वास नहुन सक्छ तर भारतको उत्तराखण्डस्थि कालाढुंगी जंगलमा यस्तो विचित्रको रुख छ, जसलाई मुसार्दा काउकुती लाग्दछ ।
मानिसलाई जस्तै जस्तै रुखलाई पनि काउकुती लाग्ने । यो रुखको काण्ड तथा हाँगाबिँगालाई समाउँदा काउकुती लागेको जस्तो गरी चाल पैदा गर्दछ, जसरी काउकुती लगाउँदा मानिस बटारिन्छ । यो रुखलाई काउकुती लागेर बटारिएको दृश्य प्रष्टै देख्न सकिन्छ ।
कालाढुंगीको जंगलमा यसरी काउकुती लाग्ने दुईवटा रुख छन् । त्यस्तै, रामनगरको क्यारी जंगलमा काँप्ने अर्को रुख पनि छ । यस रुख स्थानीयस्तरमा पर्यटकका आकर्षणका केन्द्र बनेका छन् । काँप्ने तथा काउकुती लाग्ने रुख हेर्नका लागि घना जंगलमा पर्यटकहरु जाने गर्दछन् । रुख देखाउनका लागि वन समितिले पथप्रदर्शकको समेत व्यवस्था गरेको छ ।मानिसहरुले यो अनौठो रुखलाई हास्ने रुखको रूपमा पनि चिन्दछन् । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । रुबीयसी परिवारको यो रुख ३ सयदेखि १३ सय मिटरको उचाइमा पाइन्छ ।


















