दुई दिनमा दुई दर्जन टेलिफोन टावरमा आगजनी

395

 काठमाडौं / नेत्रविक्रम चन्द विप्लब नेकपाद्वारा मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा आगजनी गरी क्षति पु¥याइएको छ । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जनाए अनुसार विप्लब नेकपाले नै आगजनी र तोडफोड गराएको हो , अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।

यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ । बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here