काठमाडौं / काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बेहोस भएर शुक्रबार बिहान २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालाजु बाइपास बस्ने सप्तरी कनपट्टी शम्भुनाथ नगरपालिका-२ घर भएका २५ वर्षीय सुरेश साह र सोही ठाउँ घर भएका २० वर्षीय शिवकान्त साह रहेका छन् ।
उनीहरु पाइपभित्र पसेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बेहोस अवस्थामा उद्दार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगंजतर्फ लैजाने क्रममा दुबै जनाको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















