नामिब मरुभूमिमा छेपारोले लामो जिभ्रो निकालेर खाएको अद्भुत दृश्य

374

एजेन्सी / अफ्रिकाको नामिब मरुभूमिमा एक नामाका छेपारोले निकै लामो जिभ्रो निकालेर कीरा खाएको अद्भुत दृश्य सार्वजनिक भएको छ । कीरा देखेपछि छेपारोले आफ्नै शरीरको जति लम्बाइको जिभ्रो निकालेर कीरा समातेको थियो ।

जुरिखका कर्ट म्युलरले यो अद्भुत दृश्य खिचेका हुन् । कर्टले भने, ‘यस्तो तस्वीर खिच्नका लागि सही समयमा सही ठाउँमा हुनुपर्छ । यो ठूलै भाग्यको कुरा हो ।’

कर्टका अनुसार, छेपारोको जिभ्रो १५ देखि २० सेन्टीमिटर लामो होला र छेपारो आफैं २५ सेन्टीमिटर लामो थियो होला ।

‘आँखा झिम्के जति समयमा यो घटना भयो,’ कर्टले भने ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here