साग गेम्स फुटबलको प्रारम्भिक प्रशिक्षण सुरु

107

काठमाडौं / आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि यु(२३ पुरुष फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ। यु-२३ टिमका प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक टिममा ४५ जना खेलाडी समावेश गरेका छन्। टिममा पाँच जना सिनियर समावेश गर्ने प्रावधान रहेको छ । गोलकिपर किरण चेमजोङ, डिफेन्डरमा रोहित चन्द, मिडफिल्डरद्वय विक्रम लामा र सुजल श्रेष्ठ तथा फरवार्ड नवयुग श्रेष्ठ पनि टिममा अटाएका छन्।

सागमा ३ जना मात्र सिनियर खेलाडी टिममा राख्न पाइनेछ। शुक्रबार भएको पहिलो दिनको प्रशिक्षणमा २५ जना मात्र सहभागी थिए। सिनियर टिममा रहेका यु–२३ खेलाडीले भने सिनियर टिमकै प्रशिक्षण गर्ने एन्फाले जनाएको छ।

प्रारम्भिक टिम
गोलकिपर– किरण चेमजोङ, रोमन रसाइली, अर्पण कार्की, दिप कार्की, देव लिम्बु, प्रदीप भण्डारी, अभिषेक बराल

डिफेन्डर– रोहित चन्द, असिम भुषाल, विश्वास उदास, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन आर्याल, अमित तामाङ

मिडफिल्डर– हेमन्त थापा मगर, रोशन पहरी, सेसेहाङ आङ्देम्बे, नितिन थापा, तेज तामाङ, अरिक विष्ट, अरुज सिंह, विक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दिपेश आलेमगर, अन्जन विष्ट, सुनिल बल, सुशान्त श्रेष्ठ, रामचन्द्र वाजी

फरवार्ड – विमल घर्तीमगर, धिरज श्रेष्ठ, राजेश परियार, नवयुग श्रेष्ठ, मिछेन तामाङ, अभिषेक रिजाल, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजिव लोप्चन, पुजन उपरकोटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here