१८८ यात्रु बोकेको विमान उडेको १३ मिनेट मै यसरी खस्याे

199

जाकार्ता / जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटना भएको छ । विमानमा १८८ यात्रु सवार रहेको जनाइएको छ ।

इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता यूसुफ लतीफले बोइंग–७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् । प्राप्त जानकारीअनुसार विमानस्थलबाट उडेको १३ मिनेटमै विमान समुद्रमा खसेको थियो ।

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६ः२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ ।

सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here