सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलनका विभिन्न कार्यक्रम जारी राख्ने अनेरास्ववियुुले जनाएको छ। कालीचोकबाट राँको बालेर लोकतन्त्र चोक हुँदै एयरपोर्ट चोकसम्म जुलुुस नारा लगाउँदै पुुगेको थियो। राँके जुलुुसले पछि नारा लगाउँदै लोकतन्त्र चोकमा फिर्ता आएर कोणसभामा परिणत भएको थियो। सभामा बोल्दै अध्यक्ष सन्ज्यालले परमादेशी सरकारले जनतालाई मारमा पारेको आरोप लगाए। उनले अनेरास्ववियुु सरकारको उक्त कदमविरुद्ध आन्दोलन जारी राख्नेसमेत बताए। दुुई दिनअगाडि मात्र अनेरास्ववियुु सिमकोटमा राँके जुलुस निकालेर विरोध जनाएको थियो।
शनिबार पनि अनेरास्ववियुद्वारा सिमकोटमा विरोधस्वरूप सिट्टी जुलुुस निकालिने भएको छ। अनेरास्ववियुुको राँके जुलुसप्रति प्रहरीले कुनै प्रतिक्रिया भने जनाएको छैन। प्रहरीकै अगाडि जुुलुस निकालिएको थियो।

















