हलेसी मन्दिरलाई माछापुच्छ्रे बैंकद्वारा मेसिन हस्तान्तरण

77

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिक रुपमा सयौ दर्शनार्थीहरु दर्शन गर्न आउने भएपनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेकर्ड मन्दिरसँग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर गर्दै भक्तजनको संख्या गन्ने मेसिन हस्तान्तरण गरेको हो । बैंकले प्रदान गरेको मेसिनमा सीसीटीभी क्यामेरा जडान गरिएको हुनाले उक्त मेसिनले भक्तजनको संख्या गन्नुका साथै मन्दिरको सुरक्षामा समेत सघाउ पुर्याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here