काठमाडौं । राजधानी काठमाडौंकाे मुख्य व्यापारिक भवनहरू अहिले पुराना र ठूला बजारका सटर अधिकांशजसो खाली रहेका छन् ।
प्रायः सबै जसाे व्यापारिक पसलहरू खाली रहेकाे सटरमा टु-लेट लेखेको मात्रै लेखिएकाे छ ।
मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ। भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै भेटिन थालेका छन् ।
स-सानादेखि ठूला सबै व्यापार घट्दै जाँदा सटरहरू पनि खाली हुँदै गएका छन् । पहिला पहिला राजधानीका मलहरू कुनै बेला सातै दिन ग्राहककाे भिडभाड हुन्थे । तर अहिलेको अवस्था फरक छ, ठूला मलहरूदेखि साना एउटा सटरका दोकानमा पनि ग्राहको अभाव हुन थालेको छ ।


















