नेपालभाषाकाे जित: योम्ह मय्‌जु मिखा छं ल्वाका नामक सार्वजनिक

128

काठमाडौं ।  वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आइतवार रेडियो मिरमिरे ८९.४ मेगाहर्जमा मंका स: नामक नेपालभाषाको कार्यक्रममा विमोचन गरेका छन् ।

साे गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार जिवीत जल्मीले गरेका हुन् भने लय स्वयम् वरिष्ठ गायक राम कुमार साय्‌मिले दिएका छन् । भने संगीत व्यवस्थापन वरिष्ठ रेकर्डीष्ट शिव शाहीको रहेको छ भने यस गीतको रचना वरिष्ठ रचनाकार पुष्पराज श्रेष्ठ ज्युले गर्नुभएको हो। गितार वादनमा माइकल शाही तथा जसमा ताल वादनमा इन्द्रमान महर्जनले साथ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here