राप्रपाको झण्डामुनी गोलवद्ध सबैलाई कमल थापाको आग्रह

112

काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने जनाएका छन् ।

सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको जनाए ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उदेश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रह समेत गरे ।

विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नको निमित्त अब नअल्मल्लीकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन उनले सबैमा आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले सिन्धुपाल्चोक जिल्लाका राप्रपा संयुक्त तथा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा पार्टीले सुरु गरेको संगठन सुदृढिकरण अभियानलाई तदारुपताका साथ अगाडि बढाउन आग्रह गरे ।

राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष मोहन देउजाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमबाट होम प्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज समेत गठन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने जनाएका छन् ।

सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको जनाए ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उदेश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामुनी गोलवद्ध हुन आग्रह समेत गरे ।

विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।

भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत पु¥याएर सरकार बनाउन सक्छ भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न बाट कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे ।

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नको निमित्त अब नअल्मल्लीकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन उनले सबैमा आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले सिन्धुपाल्चोक जिल्लाका राप्रपा संयुक्त तथा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा पार्टीले सुरु गरेको संगठन सुदृढिकरण अभियानलाई तदारुपताका साथ अगाडि बढाउन आग्रह गरे ।

राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष मोहन देउजाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमबाट होम प्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज समेत गठन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here