प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

47

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here