तातोपानीबाट तस्करी हुन नदिन गृहमन्त्रीको निर्देशन

100

सिन्धुपाल्चोक- गृहमन्त्री रामबहादुर थापाले शनिबार नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका छन् ।

गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने जनाउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । गृहमन्त्री थापासँग सांसद अग्नि सापकोटा पनि साथै थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन पूर्वाधारको काम तीव्रगतिमा भइरहेको छ । अत्याधुनिक सुक्खा बन्दरगाहको काम सम्पन्न भइसकेको छ भने सीमापुलको काम पनि छिटफुटबाहेक प्रायः सम्पन्न भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here