काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि (चन्द) सहयोग गरिदिन अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरि आन्दोलन र निर्वाचन कोषका लागि सहयोग गरिदिन जनतासँग अनुरोध गरेको हो ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले आउँदो निर्वाचनमा विजयी हासिल गरी जनता राज स्थापनाका लागि पैसा जरुरी भएको जनाए । उनले घर घरमा रोजगारी दिनका लागि तयारी थालिएको भन्दै जनतालाई पैसा दिएर सहयोग गर्न अनुरोध गरेका छन् ।


















